बिहीबार, मंसिर ११ १९:५२
कञ्चनपुरमा बेपत्ता भएका भनिएका युवक मृत अवस्थामा फेला परे

बिष्णु जोशी -कंचनपुर ।कंचनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ६ बस्ने वर्ष ३८का राजेन्द्र चन्द सोही नगरपालिका को वडानम्बर१० सुकासालमा मृत अवस्थामा फेला परेको जिल्लाप्रहरी कार्यालय कंचनपुर ले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले दिएको जानकारी अनुसार बुधबार घरबाट निस्किएका चन्द बीहिबार बिहान मृत अवस्थामा फेला परेको जानकारी दिनुभयो
अहिले चन्दको शव पोस्टमार्टम का लागि महाकाली अस्पताल पठाइएको छ।
मृतक चन्द को शरीरमा बाह्यचोट्पटक नरहेको र प्रहरी ले अनुसन्धान गरिरहेको जनाइएको छ।मृतक का आफन्त का अनुसार चन्द को हत्या भएको हुनसक्ने भन्दै दोशी लाई छिटो भन्दा छिटो पहिचान गरि कार्बाही को माग गरेका छन।
