३० असार २०८३, मंगलवार
नायिका श्वेता खड्का बिबाह बन्धनमा बाँधीदै
बिहीबार, मंसिर १८ १६:५७

नायिका श्वेता खड्का बिबाह बन्धनमा बाँधीदै

धनगढी, १८ मंसिर/ अभिनेत्री श्वेता खड्काले प्रेमी विजयन्द्र सिंह रावतसँग विवाह गर्ने पक्का भएको छ। उनीहरु मंसिर २२ गते विवाह गर्न लागेका हुन्।

श्वेता र विजयन्द्र केही समयदेखि प्रेममा रहेको चलचित्र वृत्तमा चर्चा भए पनि उनीहरुले आधिकारिक रुपमा भने यस कुरालाई स्वीकार गरेका थिएनन्। तर‚ उनीहरुको विवाहको कार्ड नै बाहिरिए विवाह हुने सार्वजनिक भएको हो। विवाहको कार्ड अनुसार स्वेताको विवाह गोकर्ण फरेस्ट रिसोर्टमा हुनेछ।

अभिनेत्री खड्काले २०७१ असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन्। तर, विवाहको एक महिनापछि साउन २५ गते श्रीकृष्णको निधन भयो। श्वेता अहिले चलचित्र क्षेत्रसँगै व्यापारमा सक्रिय छिन्।

Sharing is caring!

बर्दादेवी टुर एण्ड ट्राभल्सका अध्यक्ष सहितका ४ जना विरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर(नाम सहित)
बिहीबार, मंसिर १८ १६:५७
पर्साको ग्रामीण क्षेत्रमा पनि राजाबादीको जुलुस तथा प्रदर्सन
बिहीबार, मंसिर १८ १६:५७