धनगढी–खुटिया सडकमा धुलो धुवाँ हुदा नागरिकहरुलाई सास्ती
पवन भण्डारी , धनगढी ८,पौस ।
कैलालीको धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिका जोड्ने धनगढी–खुटिया सडक अलपत्र अवस्थामा परेको छ । प्रदेश सरकारबाट संघ मातहत लिइएको सडक कहिले निर्माण हुने र कसरी गर्ने भन्ने टुंगो नहुँदा अलपत्र परेको छ । कैलाली सदरमुकाम धनगढी देखि खुटियासम्मको १० किलोमिटर सडक निर्माण नहुँदा सो बाटो हुँदै यात्रा गर्ने यात्रु मारमा परेका छन् । सडकमा उड्ने धुलो धुवाका कारण सडक आसपासका नागरिक तथा यात्रुहरुले निकै सास्ती खेप्नु परेको छ ।
हरेक निर्बाचनमा यो सडक लाई कालोपत्रे गर्ने भन्दै चुनाबी एजेण्डाहरु बोकेर आउने यस क्षेत्रका जनप्रतिनिधीहरुले भने चुनाब जितीसके पछि कुनै वास्ता नै नगरेको स्थानीयबासी पदमा गिरीले गुनाँसो गरिन । उनले भनिन सबै नेताहरुको भोट माग्ने सडक हो यो अझै चुनाब आउदैछ भोट माग्नका लागी राखेका होलान । सडकमा दैनिक रुपमा हजारोै गाडीहरु आवत जावत हुन्छन खाल्डा खुल्डी र धुलो धुवाका कारण सडक आसपासका नागरिकहरु भने निकै चिन्तीत बनेका छन ।
बिहान लुगा धोयर हाले पछि बेलुका पुरै माटो हुन्छ बाहिर सुकाउन हालेका लुगा त परै जावस दराजमा राखेका लुगाहरुमा समेत धुलो पस्ने गरेको स्थानीय तुलसी भण्डारीले बताईन । “सडकको छेउमै पसल सञ्चालन गरेकी छु खाना नास्ता कसरी जोगाउने भन्ने चिन्ता हुन्छ” बिहान पसल नजिकै पानी छर्दा केहि कम भएपनि केहि समयमै उस्तेै धुलो धुवाँ हुने गरेको उनले बताईन ।
“हरेक चुनाँबमा भोट माग्ने नेताहरुले यो सडक कालोपत्रे गर्छु भन्दै भोट त मागे तेस पछि को कहाँ गए कसैलाई थाह छैन”उनले भनिन कहिले काँही त लाग्छ सडक नै डोजर लगार भत्काईदिउ ।
सडकमा धुलो धुवाका कारण निकै गाह्रो भईरहेको सोहि सडक खण्डमा सवारी चालकहरुको भनाई छ । सवारी चालक वीरबहादुर चौधरीले भने कोरोनाको डरले भन्दा धुलोको कारण मास्क लगाउने गरेको बताए । चालकहरुले यो सडक खण्डमा बिगत देखि यस्तै समस्या झैल्दै सवारी चलाई रहेको गुनाँसो गरेका छन ।
करिब २५ बर्ष पुरा हुदा पनि यो बाटो कालो पत्रे नभएको भन्दै स्थानीय निरास भएका छन । पछिल्लो पटक पुस मसान्तसम्म सम्झौता हुने जानकारी आएपनि सो समयमा पनि सडकको स्तर सुधार हुनेमा आफुहरु अझै पनि ढुक्क नभएको स्थानीय सडक अभियान्ता सन्जीब पन्तले बताए ।
उनले भने माननिय नारद मुनी रानाले पुस मसान्त सम्झौक्ता हुन्छ भन्नु भएको छ तर होला भन्नेमा आफुहरु बिस्वस्थ नरहेको बताए ।
एक दशक अघि अर्थात २०६४ सालमा सो सडक कालोपत्रे गरेपनि वर्ष दिन नपुग्दै भत्केपछि त्यसबेलादेखि सडक विजोग अवस्थामै छ । त्यसपछि सडकको सामान्य मर्मत पनि हुन सकेको छैन । अहिलेसम्म कुनै पनि निकायले सडक निर्माण कार्यमा चासो नदेखाएको धनगढीबासीको गुनासो छ ।
