१८ बैशाख २०८३, शुक्रबार
पर्साको ठोरी गाउँपालिका वडा नम्बर १, दिपकनगरमा भेटेरिनरी (पशु बिज्ञान) कक्षा संचालनको निशुल्क तयारि ।
बिहीबार, पुष ९ २०:०६

पर्साको ठोरी गाउँपालिका वडा नम्बर १, दिपकनगरमा भेटेरिनरी (पशु बिज्ञान) कक्षा संचालनको निशुल्क तयारि ।


मेघराज राय पर्सा जिराभवानी पौष ०९/
प्राविधिक शिक्षा मार्फत रोजगारीको सृजना हुने भएकोले इच्छुक विद्यार्थीहरुलाई निशुल्क भर्ना खुलिसकेको गाउँपालिका प्रमुख पदम लाल श्रेष्ठ बताउँछन् । ४ वर्षेको कोर्समा ४८ जना विद्यार्थीहरुलाई गाउँपालिकाले निशुल्क भर्नाको व्यवस्था गरेको छ।
उनका अनुसार नेपालमा करिब ४० हजार पशु चिकित्सकको आवश्यकता छ । तर, हालसम्म नेपालभर दुई हजार मात्रै दक्ष पशु चिकित्सक छन् । पशु विज्ञानमा पढाइ सकेलगत्तै रोजगारी पाइने देखिएकोले तत्काल रोजगारी नपाइए पनि खाली हात बस्नु पर्दैन। आत्मनिर्भर हुन सकिने भएकाले पशु विज्ञानमा आकर्षण बढेको श्रेष्ठको धारणा रहेको छ।
कक्षा ९ र १० मा विद्यार्थीले पशुरोग, उपचार, रोगका कारण, लक्षण, जीवाणु र औषधिकाबारे आधारभूत ज्ञान प्राप्त गर्छन् । कक्षा ११ र १२ मा पशुपालन, फार्म र खोर निर्माण, बजार विस्तारीकरणलगायत व्यावसायिक पशुपालनबारे जानकारी हुन्छ । विद्यालय तह सकेपछि नै विद्यार्थीले गाउँघरमा पशु जाँच गरेर आवश्यक सल्लाह दिने रोजगारी पाउने भएकै कारण नेपालमा भेटेरिनरी पढाईको माग बढिरहेको छ।

Sharing is caring!

Latest News

बिगत ४बर्ष देखि डोटी का गोबिन्द भण्डारी भारत मा बेपत्ता।खोजिदिन परिवार जनको आग्रह ।
बिहीबार, पुष ९ २०:०६
पलिया बाट बेङ्गलोर का लागि छुटेको बस महाराष्ट्र मा दुर्घटना चालक सहित४जना घाइते
बिहीबार, पुष ९ २०:०६