नेपाली भुमिमा प्रवेश गरि बालुवा लोड गरिरहेको दुइवटा भार्तिय ट्रेक्ट्र सशस्त्र प्रहरी को नियन्त्रणमा
मेघराज राय /जिराभवानी पर्सा / पौष १०
नेपाली भूमिमा छिरेर जवरजस्ती बालुवा लोड गरेको एक भारतीय ट्याक्टरलाई सशस्त्र प्रहरीले आज नियन्त्रणमा लिएको छ । पर्साको जगरनाथ पुर गाउँ पालिका वार्ड नम्बर एक पिडारीगुठी स्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टले ओरिया नदीको नेपाल तर्फको भूभागबाट बालुवा लोड गरिरहेको अवस्थामा एउटा भारतीय ट्याक्टर नियन्त्रणमा लिएर वीरगन्ज भन्सार कार्यालयलाई बुझाएको हो । सशस्त्र प्रहरी निरीक्षक बसन्त जिसीको नेतृत्वमा रहेको सशस्त्र प्रहरीको टोलीले बीआर २२ जिबी २५९५ नम्बरको बालुवा लोड भएको भारतीय ट्याक्टर नियन्त्रणमा लिएको हो । ओरिया नदी क्षेत्रबाट बालुवा उत्खनन्का बिषयमा बेला बेलामा नेपाल र भारतका पक्षबीच विवाद उत्पन्न समेत हुदै आइरहेको छ । केही वर्ष अगाडि भार्तिय को हस्तक्षेप रोक्न गएका सशस्त्र प्रहरी का हतियार समेत खोसेर भार्तिय हरु भागेका थिए। भारतीय पक्षले टेण्डर आह्वान गरेपछि अहिले दैनिक सैयौ को संख्या मा ट्याक्टरहरु बालुवा लिनका लागि ओरिया नदी आउने गरेको र उनीहरुले नेपाल तर्फबाट समेत जवरजस्ती बालुवा उत्खनन् गर्ने गरेको स्थानीयहरुले बताएका छन् ।
यसैबीच सोही खोलाबाट सशस्त्र प्रहरीले फेरि एउटा ट्रेक्टर पक्राउ गरेको छ । सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट महादेव पटि बाट सशस्त्र प्रहरी निरीक्षक केदार राई को नेतृत्व मा गएको गस्ती टोलिले नेपाली भुमिमा प्रवेश गरि बालुवा लोड गरिरहेको अवस्था मा नम्बर पलेट नभएको भारतिय ट्रेक्टर पक्राउ गरेको छ पक्राउ गरिएको ट्रेक्टर लाई आवश्यक कार्वाही को लागि बिरगंज भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरीले जनाएको छ।

