जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री -ओली धनगढी आउदै, तयारी तिब्र
कैलाली-प्रधानमन्त्री केपी ओली पौष २४ गते जनसभालाई सम्बोधन गर्न धनगढी आउने भएपछि तयारी तिव्र पारिएको छ। नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रदेश कमिटीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न ओली धनगढी आउने भएका हुन् ।
उक्त कार्यक्रमको अहिले तयारी तीव्र भइरहेको छ । कार्यक्रमको तयारीको लागी नेकपा सुदूरपश्चिमका अध्यक्ष कर्ण थापाको संयोजकत्वमा २५ सय २५ जनाको मूल समिति बनाइएको छ । त्यस्तै ७ वटा उप-समिति बनाएर तयारी थालिएको छ । ’२४ गते प्रधानमन्त्री केपी शर्मा ओली आउने कार्यक्रमको तयारी सुरु भएको छ’ नेकपा केन्द्रीय सदस्य एवम् मिडिया संयोजक उदब भट्टराईले भने ,’ हरेक स्थानीय तहबाट व्यापक जनताको सहभागिता गराउने तयारी छ ।’
कार्यक्रमको तयारीकै लागी केन्द्रीय नेता तथा मन्त्रीहरू कैलाली पुगिसकेका छन्।नेकपाका सुदुरपश्चिम संयोजक एवम् उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट ,बनमन्त्री प्रेम आले , श्रम मन्त्री गौरी शङ्कर चौधरी सामान्य प्रशासन मन्त्री गणेश सिंह ठगुन्ना र सुदूरपश्चिमका अध्यक्ष कर्ण थापा पनि धनगढी पुगिसकेका छन्।
