निर्देशक बिसी, (बिजुली ) अभिनित भिडियो “देशकी फेरुवा ” (भिडियो सहित )
पछिल्लो समय दर्शक र श्रोता सामु चर्चामा रहेका निर्देशक रमेश बिसी (बिजुली ) नयाँपन दिदैँ उत्कृष्ट कोशेली पस्कदै आएका छन् ।
गितसंगित संगै निर्देशनमा समेत अब्बल रहेका बिसी (बिजुली )ले हालै मात्र एक नयाँ देउडा गित सार्वजनिक गरेका छन् ।
खप्तड मुजिकको प्रस्तुतीमा गायक लालु रैकाल र कल्पना बिसीले डेउडा गित “देशकी फेरुवा ” बोलको गितमा स्वर दिएका छन् ।

भने शब्द ,संगीत राजेन्द्र शाह बिपीको रहेको छ भने गीतलाइ एरेन्ज बिनोद बजुरेली गरेका हुन्। उक्त भिडियोलाई पदम राज जोशीले छायांकन गरेका छन् भने कृष्ण बाबुले सम्पादन गरेका हुन्। गीतको भिडियोमा अभिनय निर्देशक रमेश बिसी (बिजुली ) र गायिका कल्पनाको दम्दार अभिनय रहेको छ ।

भागी बिबाह गरिसके पछि घरमा हुने श्रीमान श्रीमती बिचको मन मुटाब र तक्रटलाई लिएर कथालाई आधारित गरिएको छ मेकअप शिम बिसीले गरेकी छिन भने गीतको शुटिंग गोदावरी स्थलमा गरिएको छ।
(भिडियो सहित )
