अनिता स्वाँरको ‘टिकटकको रानी मै हु बरिलै’ तीजको गीत सार्वजनिक( भिडियो सहित)
चर्चित निर्देशक तथा गायक सुरेन्द्र संगम तथा नव गायिका अनिता स्वाँरको आवाज रहेको ‘टिकटकको रानी मै हु बरिलै’ बोलको मौलिक तिज सार्वजनिक भएको छ ।
नव गायिका अनु स्वाँरको तीजको पहिले गीतमा शब्द,लय संगीत सुरेन्द्र संगम(डोट्याल बाड्डो) को रहेको छ । अहिले कोरोन भाइरसले गर्दा बाहिर गएर तीज मनाउने अवस्था सृजना नहुदा घर भित्र तीज मनाउना गीतबाट सन्देश दिएको छ। पछिलो समय सामाजिक संञ्जाल टिकटक बनाउनेको लहर चलिरहेका बेला टिकटकको राजा रानी सम्झिने टिकटकरले अझैं सफलता पाउने आशा रहेको छ ।
सो गीतमा सुरेन्द्र संगम ( बढ्दो , अनिता स्वाँर समिक्षा क्षेत्री लगाएतको अभिनय रहेको छ । उक्त गीतलाई बिनोद बजुरेलिले एरेञ्ज गरेका हुन् भने यस म्युजिक भिडियोको छायाकन / सम्पादन अमित बिकले गररेका हुन् भने निर्देशन सुरेन्द्र संगम (डोट्याल बाड्डो), नृत्य निर्देशक सौगातले गरेका हुन्। यो गीत टिका सानु युटुब चाइनलबात् सार्वजनिक गरिएको छ।
