१८ बैशाख २०८३, शुक्रबार
माओवादी केन्द्रको कैलाली जिल्ला समन्वय समिति संयोजकमा चौधरी चयन
सोमबार, चैत्र ७ १०:१९

माओवादी केन्द्रको कैलाली जिल्ला समन्वय समिति संयोजकमा चौधरी चयन

कैलाली : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको कैलाली जिल्ला समन्वय समितिको संयोजकमा लाजुराम चौधरी चयन भएका छन् ।

माओवादी केन्द्र सुदुरपश्चिम पार्टी प्रदेस समितीको बैठकले आईतबार लाजुराम चौधरीलाई पार्टीको जिल्ला समन्वय समितिको संयोजकमा चयन गरेको हो ।

माओवादी केन्द्रको धनगढी सचिव रहनु भएका रमेश प्रसाद भट्टराईले कैलाली जिल्ला समन्वय समितिको संयोजकमा लाजुराम चौधरी (अँकित) मनोनीत भएको जानकारी दिएका हुन्।
साथै उहाँले संयोजकमा मनोनीत भएकोमा सफल कार्यकालको शुभकामना सहित हार्दिक बधाई समेत व्यक्त गरेका छन् ।

Sharing is caring!

Latest News

नयाँ गित चलो चली हो सजनी छिटै बजारमा आउँदै
सोमबार, चैत्र ७ १०:१९
हार्दिक श्रद्धाञ्जली
सोमबार, चैत्र ७ १०:१९