गैरीगंगामा नेपालकै नमूना हर्वल गार्डेन बन्ने
लक्ष्मीप्रसाद जैशी ,धनगढी – कैलालीको गौरीगंगा नगरपालिकाको वडा नम्बर ४ राजीपुरमा नेपालकै नमुना हर्वल गार्डेन बन्ने भएको छ । १४ करोडको लागतमा सुदूरपश्चिम प्रदेश सरकारले बनाउन लागेको हो ।
सुदूरपश्चिम प्रदेश सकारको आर्थिक वर्ष २०७५÷०७६ बजेटमा हर्वल गार्डेनको प्रदेश सकारको गौरबको योजनमा प्राथमिकतामा डिपिआर निर्माणका लागि बजेट विनियोजन गरीएको थियो । १३ विगाह १९ कठ्ठा जमिनमा बनाउन लागिएको गार्डेनमा स्विमिङ पुल, विभिन्न प्रकारका आर्युवेदीक औषधि, बाल उद्धान पार्क को डिजाईन र स्टीमेट तयार गरीएको छ ।

सुदूरपश्चिम प्रदेशका पुर्व सामाजिक विकास मन्त्री दीर्घ बहादुर सोडारीको पहलमा गार्डेनको डिपिआर समेत निर्माण भैसकेको छ । सो गार्डेन सुदुरपश्चिम प्रदेश सकारको नीती तथा कार्यक्रम प्रदेश गौरबको आयोजनामा रहेको छ ।
सुदूरपश्चिममा अथाह श्रोतको रुपमा खेर गैरहेको अमूल्य जडीबुटीको व्यापक खोज अनुसन्धान तथा बजार प्रवद्र्धन गर्दै नेपाल हरियालीको लागि हर्वल गार्डेनको स्थापना गर्न लागिएको कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रदेश सभामा निर्वाचि प्रदेश सभा सदस्य तथा पुर्व मन्त्री दीर्घ सोडारीले बताए ।

उनले पूर्वाधार तयार पार्न तथा स्वास्थ्य र समृद्ध नोपलको परिकल्पनालाई साकार पार्दै आय आजर्नको असिमित सम्भावना पूरा गर्न वैज्ञानिक प्रयोग बाट हर्वल गार्डेनको अवधारण प्रदेश सरकारले ल्याएको औल्याए । सरकारले हर्वल गार्डेनको लागि आर्थिक बर्ष २०७६÷०७७को बजेटमा २५ लाख बजेट समेत विनियोजन गरेको छ ।
डिपिआर निर्माण भएको हर्वल गार्डेनमा हाइटेक नर्सरी, हर्वल पार्क, अत्याधुनिक क्यान्टीन, बोरीङ ५ वटा, टिकटघ, फोटो मैदान,जडीबुटी उद्यान, स्कुपचर गार्डेन, प्रवेश द्धार, बाल उद्यान, छायामा बस्ने ठाउँ, पार्कींङ लगाएतको स्टीमेट तयार गरिएको छ ।

गत आर्थिक बर्षमा गार्डेनको डिपिआर तथा सम्भाव्यता अध्यायनको लागि सामाजिक विकास मन्त्रालयले ५० लाख र यो आर्थिक बर्षमा २५ लाख बजेट विनियोजन गरेको छ । गार्डेन सञ्चालन मुख्य जिम्मेवारीमा सामाजिक विकास मन्त्रालय अन्र्तगत सेतिअञ्चल आयुर्वेद निर्देशनालयले गरीरहेको छ । सामाजिक विकास मन्त्रालयका आर्युवेद शाखाका अधिकृत डाक्टर चेतराज जोशीले गार्डेन बने सुदूरपश्चिममा हर्वल पर्यटन विस्तारमा टेवा पुग्ने बताए । उनले जडीबुटी संरक्षण र प्रर्वद्धन, हर्वल गार्डेनको विस्तार गर्न उक्त ठाउँमा जडीबुटी संकलन तथा प्रसोधन केन्द्र समेत बन्ने बताए ।
