११ असार २०८३, बिहीबार
भाइले देखाए स्वर्गीय दाजु प्रति प्रेम सद्भाव (भिडियो सहित )
मंगलवार, श्रावण ३१ १९:४९

भाइले देखाए स्वर्गीय दाजु प्रति प्रेम सद्भाव (भिडियो सहित )

धनगढी,भाइले देखाए स्वर्गीय दाजु प्रति प्रेम सद्भाव स्वर्गीय क्रिकेट खेलाडी बिरेन्द्र शाहीको सम्झनामा ‘मेरो दाइ’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । स्वर्गीय शाहीको जन्मदिनको अवसर पारेर शनिबार कैलालीको लम्किमा आयोजित स्मृति सभामा म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।
स्वर्गीय खेलाडी शाहीका भाई शाहिल शाहीले स्वर दिएको म्यूजिक भिडियोको रचना रविन स्वारले गरेका हुन् भने पुष्कर खत्रीले एरेन्ज गरेको हुन् । म्यूजिक भिडियोमा गायक शाहिल शाही, कौशल अवस्थी र रमेश शाहीले अभिनय रहेको छ । पत्रकार सागर परियारले व्यवस्थापन गरेको म्यूजिक भिडियोको सम्पादन अमित विकले गरेका हुन् ।

रविन स्वारले नै निर्देशन गरेको म्यूजिक भिडियोमा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजको श्रदाञ्जली तथा समवेदता सन्देश पनि समेटिएको छ । म्यूजिक भिडियो शनिबार नै गायक शाहिल शाहीको यूट्युव च्यानलमार्फत सार्वजनिक पनि भइसकेको छ ।

Sharing is caring!

Latest News

‘सम्हालिन्छ कहिले मन’ गीतमा अन्नु चौधरी र तारा प्रकाश लिम्बुको स्वर
मंगलवार, श्रावण ३१ १९:४९
‘प्रेमगीत ३’ फिल्म हिन्दी डब नेपाल प्रदर्शन हुने।
मंगलवार, श्रावण ३१ १९:४९