१० असार २०८३, बुधबार
भोलि धनगढीको एस.पि.ए कलेजमा निःशुल्क सिनेमा साक्षरता कार्यक्रम हुने
बिहीबार, चैत्र २२ १७:०७

भोलि धनगढीको एस.पि.ए कलेजमा निःशुल्क सिनेमा साक्षरता कार्यक्रम हुने

धनगढी, चैत २२। धनगढीमा सिनेमा साक्षरता कार्यक्रम हुने भएको छ । फिल्म पढाउने अस्कर कलेजको देशव्यापी ‘सिनेमा साक्षरता अभियान’ अन्तर्गत भोलि एसपीए एकेडेमीमा सिनेमा साक्षरता कार्यक्रम हुन लागेको हो ।
विद्यार्थीहरुलाई सिनेमाका बारेमा जानकारी दिने उद्देश्यले भोलि बिहान यथार्थ शुक्रबार ११ वजे धनगढीस्थित एस पि ए कलेज सिनेमा साक्षरता कार्यक्रम हुन लागेको धनगढीका कलाकार राजकुमार जोशीले जानकारी दिनुभयो । चैत १४ गते बिर्तामोडबाट सुरु भएको अभियान बिराटनगर, ईटहरी, जनकपुर, हेटौंडा, चितवन, बुटवल घोराहीमा सम्पन्न भई भोलि धनगढीमा सञ्चालन हुन लागेको हो ।
अभियान पोखरामा गएर समापन हुने ओस्कार कलेजका प्राध्यापक रामराजा दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ पुस्तालाई सिनेमासम्बन्धी आधारभूत जानकारी दिने र उनीहरुमा सिनेमाप्रति रुचि जगाउने उद्देश्यले अभियान सञ्चालन गरेको प्राध्यापक दाहालले जानकारी दिनुभयो । सिनेमाका अधिकांश गतिविधि राजधानीकेन्द्रित भएकाले काठमाडौंबाहिर यस्ता अभियान गर्नुपर्ने आवश्यकता देखेको दाहालले बताउनुभयो ।
अभियानले सिनेमा सम्बन्धी प्रश्नोत्तर, अभिनयका अभ्यासहरु, सिनेमा इतिहास, चरित्रबारे कार्यशाला गर्नेछ । कार्यशालामा कलेजबाट दीक्षित र पढिरहेका दुई विद्यार्थीको फिल्मसमेत देखाइने तयारी छ । ‘नयाँ पुस्ता नै भविष्यका राम्रा फिल्ममेकर, समीक्षक वा प्रशिक्षक हुने भएकोले पनि नयाँ पुस्तालाई लक्षित गरेर सिनेमा साक्षरता अभियान गर्ने प्राध्यापक दाहालले भन्नुभयो । यो अवसरलाई प्राप्त गर्न कलासम्बन्धी जानकारी लिन एसपीए कलेजमा कार्यशाला सहभागी हुन प्रशिक्षार्थीहरु आह्वान गरेका छन्।

Sharing is caring!

Latest News

“फुला मैया के”गीत एस टि एस सिनेमाको ठूलो पर्दाबाट रिलिज। (भिडियो सहित)
बिहीबार, चैत्र २२ १७:०७
सशस्त्र प्रहरी बल नेपाल नं. 7 बैद्यनाथ वाहिनीको “२३ औं स्थापना दिवस” सम्पन्न
बिहीबार, चैत्र २२ १७:०७