शनिबार, असार ९ २३:०९
असार ९ गते लघु बाल चलचित्र “शल्यक्रिया” प्रदर्शन
राष्ट्रिय बाल चलचित्र महोत्सवका लागि निर्माण गरिएको लघु बाल चलचित्र शल्यक्रिया ९ गते धनगढीको चौरामा रहेको सौराई होटलको हलमा प्रदर्शन हुने भएको हो। विवेक कुमार नागरी निर्देशित लघु बाल चलचित्र महोत्सवको समापनमा प्रदर्शन हुने भएको हो। असार ७ गतेदेखि ९ गतेसम्म बालचलचित्र महोत्सव सुरु भएसँगै समापन दिनमा लघु चलचित्र शल्यक्रिया देखाइने भएको छ। समाजमा गाडिएको कुप्रथाको एक बालकले सल्यक्रिया गरेका छन्। सञ्जय खड्का र लोकसरी कुँवरको लेखन, भीम बिसीको संगीत बाल चलचित्रमा वरिष्ठ कलाकार दलबहादुर बोगटी सरस्वती धामी प्रशिष नागरी सुरेन्द्र संगम डोटेल बड्डोले अभिनय गरेका छन्।
