४ बैशाख २०८३, शुक्रबार
जिल्ला प्रशासन र मालपोत कार्यालयलाई सुनचाँदी व्यवसायी संघ कैलालीको सहयोग
बिहीबार, आश्विन २ १४:११

जिल्ला प्रशासन र मालपोत कार्यालयलाई सुनचाँदी व्यवसायी संघ कैलालीको सहयोग

धनगढी । केही दिन अघि जेनजी समूहबाट तोडफोड तथा आगजनी गरिएको आन्तरिक राजस्व कार्यालय धनगढीको भवन तथा परिसरमा सुनचाँदी व्यवसायी संघ कैलालीका पदाधिकारीहरुले सरसफाई गरेका थिए ।

यस्तै, संघले विहीबार जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालयलाई पनि आवश्यक सामाग्री सहयोग गरेको छ ।
जिल्ला प्रशासन कार्यालयलाई कुर्ची हस्तान्तरण गरिएको हो भने मालपोत कार्यालयलाई विद्युतीय सामाग्री उपलब्ध गराइएको हो ।

सुनचाँदी व्यवसायी संघ कैलालीका अध्यक्ष यदु सुनारले कुर्ची जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीलाई हस्तान्तरण गरे ।
उनले सरकारी कार्यालयहरुको दैनिक कामकाज सहज, छिटो र छरितो बनाउन सहयोग गरिएको बताए ।

जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण कार्यालयहरुको कामकाज ठप्प भएको उल्लेख गर्दै अध्यक्ष सुनारले आम नागरिकहरुलाई क्षतिग्रस्त भएका कार्यालय तथा संघसंस्थाहरुलाई सहयोग गर्न अपिल गरेका छन् ।

सामाग्री हस्तान्तरण कार्यक्रममा सुनचाँदी व्यवसायी संघ कैलालीका पदाधिकारीहरु तथा व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

Sharing is caring!

Latest News

‘अभिमन्यु च्याप्टर १’ अब फूलपातीमा रिलिज हुने
बिहीबार, आश्विन २ १४:११
जेन्जी आन्दोलनपश्चात् क्षतिग्रस्त गौरीगङ्गा नगरपालिकालाई चैतन्य पाठशालाको सहयोग
बिहीबार, आश्विन २ १४:११