१४ जेष्ठ २०८३, बिहीबार
स्टेपिङ स्टाेन तेक्वान्डो डोजाङ्गद्वारा जेन्–जी आन्दोलनका शहीदप्रति श्रद्धाञ्जली
बिहीबार, आश्विन २ २०:१८

स्टेपिङ स्टाेन तेक्वान्डो डोजाङ्गद्वारा जेन्–जी आन्दोलनका शहीदप्रति श्रद्धाञ्जली

धनगढी । देशभर २०८२ भाद्र २३ र २४ गते भएको जेन्–जी आन्दोलनका क्रममा प्राण गुमाएका शहीदहरूको सम्झनामा स्टेपिङ्ग स्टाेन तेक्वान्डो डोजाङ्गको आयोजनामा विशेष शोकसभा सम्पन्न भएको छ।

कार्यक्रममा सहभागीहरू शहीदहरूको सम्झनामा केही मिनेट मौन धारण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए। उपस्थित वक्ताहरूले भ्रष्टाचारविरुद्धको आन्दोलनमा शहीदहरूले देखाएको साहस र बलिदानलाई उच्च सम्मान प्रकट गर्दै भ्रष्टाचारमुक्त समाज निर्माणका लागि आन्दोलनको भावनालाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

वक्ताहरूले भने, “यो कार्यक्रम केवल श्रद्धाञ्जली मात्र होइन, भ्रष्टाचारविरुद्धको हाम्रो संकल्पलाई अझ सबल बनाउन गरिएको प्रतीकात्मक कदम हो। खेलाडी, विद्यार्थी तथा नयाँ पुस्ताले यसलाई अभियानको रूपमा अगाडि बढाउन जरुरी छ, जसले गर्दा शहीदहरूको बलिदान व्यर्थ नजाओस्।”

शोकसभामा तेक्वान्डो प्रशिक्षक, खेलाडी, विद्यार्थी, अभिभावक, स्थानीय बासिन्दा लगायतको उल्लेखनीय उपस्थिति थियो। कार्यक्रममा सहभागीहरूले शहीदहरूको परिवारप्रति समवेदना प्रकट गर्दै भ्रष्टाचारविरुद्ध एकजुट भएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

स्टेपिङ्ग स्टाेन तेक्वान्डो डोजाङ्गले समाजिक उत्तरदायित्वका गतिविधिहरूमा निरन्तर सक्रिय रहने र खेलकुदलाई मात्र नभई सामाजिक चेतनाको अभियानसँग जोडेर अघि बढाइने जनाएको छ।

Sharing is caring!

Latest News

जेन्जी आन्दोलनपश्चात् क्षतिग्रस्त गौरीगङ्गा नगरपालिकालाई चैतन्य पाठशालाको सहयोग
बिहीबार, आश्विन २ २०:१८
फिल्म ‘बलिदान’को ट्रेलर सार्वजनिक, फूलपातीमा रिलिज हुने
बिहीबार, आश्विन २ २०:१८