१२ बैशाख २०८३, शनिबार
निसर्ग इन्डो नेपाल जुगेडा कपमा डा. प्रदिप मिश्रलाई विशेष सम्मान
बिहीबार, आश्विन ९ २२:०६

निसर्ग इन्डो नेपाल जुगेडा कपमा डा. प्रदिप मिश्रलाई विशेष सम्मान

धनगढी । धनगढी उप–महानगरपालिका–१० मा संयुक्त राना जनचेतना परिवारको आयोजनामा असोज ४ देखि ८ गतेसम्म भव्यतापूर्वक सम्पन्न निसर्ग इन्डो नेपाल जुगेडा कप भलिबल प्रतियोगिता तथा सांस्कृतिक प्रदर्शन कार्यक्रमको समापन समारोहमा बालबालिकाको स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका डा. प्रदिप मिश्रलाई विशेष सम्मान गरिएको छ।

नवजात शिशु तथा बालरोग क्षेत्रमा लामो समयदेखि निरन्तर सेवा पुर्‍याउँदै आएका डा. मिश्रलाई आयोजकले सम्मानपत्रसहित अभिनन्दन गरेको हो। बालबालिकाको जीवन रक्षा गर्न उनले पुर्‍याउँदै आएको योगदानप्रति गर्व व्यक्त गर्दै आयोजक समितिले भविष्यमा अझ ठूलो प्रेरणास्रोत बन्ने विश्वास व्यक्त गरेको छ।

कार्यक्रमका क्रममा लामो समयदेखि जुगेडा कप सञ्चालनमा सक्रिय भूमिका निर्वाह गर्दै आएकी श्रीशा राना र २०८२ संस्करणका मुख्य संयोजक सुरज रानालाई पनि विशेष सम्मान गरिएको थियो। आयोजकले उनीहरूको निरन्तर परिश्रम, प्रतिबद्धता र योगदानप्रति आभार प्रकट गरेको छ।

समापन समारोहको सभाध्यक्षता भगिरथ रानाले गरेका थिए। कार्यक्रममा टाइटल स्पोन्सरसमेत रहेका निसर्ग अस्पतालका अध्यक्ष तिर्थराज पन्त प्रमुख अतिथि बनेका थिए। उनले आगामी दिनमा पनि यस प्रकारका कार्यक्रमलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।

सोही अवसरमा सुप प्रदेश खेलकुद परिषद्का पूर्व सदस्यसचिव दिपक सिंह, पुनर्वास नगरपालिकाका उपप्रमुख भुलिया राना, कृष्णपुर नगरपालिकाकी उपप्रमुख द्रोपती राना, द मेडिसिटी रुद्रपुरका बजार व्यवस्थापक राहुल सिंहलगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो।

१६ टोलीको सहभागितामा सम्पन्न प्रतियोगिताले स्थानीय स्तरमा खेलकुदको विकास, सामाजिक एकता र सांस्कृतिक आदान–प्रदानमा ठूलो योगदान पुर्‍याएको आयोजकको भनाइ छ। खेलाडी, दर्शक, सहयोगी तथा प्रयोजकको उल्लेखनीय उपस्थितिले कार्यक्रमलाई थप भव्य र सफल बनाएको थियो।

समारोहमा स्वागत मन्तव्य समाजसेवी रामकुमार रानाले प्रस्तुत गरेका थिए भने कार्यक्रमको सञ्चालन भानु प्रताप रानाले गरेका थिए।

Sharing is caring!

Latest News

टिकटकर आचल नाथमाथि पेट्रोल छर्की आगो लगाइने प्रयास, काठमाडौंमा उपचाररत
बिहीबार, आश्विन ९ २२:०६
नेपाली कांग्रेस बझाङ–कैलाली सम्पर्क समितिद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
बिहीबार, आश्विन ९ २२:०६