चलचित्र ‘लालीबजार’स्थानीय कलाकारहरू लागि आवेदन खुला
धनगढी— नेपाली चलचित्र ‘लालीबजार’ का लागि स्थानीय कलाकारहरूबाट आवेदन खुला गरिएको छ।
यो चलचित्रको मुख्य भूमिकामा चर्चित नायिका स्वस्तिमा खड्का रहने भएकी छिन्। स्थानीय क्षेत्रमा लुकेका प्रतिभाशाली कलाकारहरूलाई राष्ट्रिय स्तरमा अवसर दिलाउने उद्देश्यका साथ निर्माण टिमले आवेदन खुला गरेको जनाएको छ।
फिल्मको छायाङ्कन बर्दियाको राजापुर क्षेत्रमा हुने भएकाले सो क्षेत्रका स्थानीय कलाकारहरूलाई प्राथमिकता दिइने बताइएको छ। निर्माण टिमका अनुसार चलचित्रमा सहभागी हुने कलाकारहरूले अभिनयसँगै स्थानीय संस्कृति, रहनसहन र भाषिक विविधतालाई पर्दामा उतार्न सक्ने अवसर पाउनेछन्।
‘लालीबजार’ चलचित्र यम थापाको कथा तथा निर्देशनमा निर्माण हुन लागेको हो। थापाका अनुसार चलचित्रले ग्रामीण समाजका सपना, संघर्ष र सम्बन्धका कथाहरूलाई नयाँ कोणबाट प्रस्तुत गर्नेछ।
निर्माण टिमका अनुसार चलचित्रमा अभिनय गर्न २२ देखि ६० वर्षसम्मका महिला र पुरुष, साथै ७ देखि १७ वर्षसम्मका बालबालिका र युवा–युवतीको आवश्यकता रहेको छ। shatkonarts@gmail.com अथवा ९८२२६७८९४८ whatsappमा
इच्छुक कलाकारहरूले तोकिएको म्यादभित्र आवेदन दिन सक्नेछन्।
