आईतवार, मंसिर २१ २१:१७
१९औँ सुदूरपश्चिम महोत्सव भोलिदेखि सुरु, अर्थमन्त्री खनालबाट समुद्घाटन, चर्चित कलाकारहरूको बेजोड प्रस्तुति
धनगढी । सुदूरपश्चिम महोत्सव २०८२ भोलिदेखि औपचारिक रूपमा सुरु हुने भएको छ। महोत्सवको समुद्घाटन अर्थमन्त्री रामेश्वर खनालले गर्ने कार्यक्रम तय भएको आयोजकहरूले जानकारी दिएका छन्।
उद्योग–व्यवसाय, पर्यटन प्रवद्र्धन र स्थानीय पहिचानलाई मूर्त रूप दिने उद्देश्यले आयोजना हुँदै आएको महोत्सवको यो १९औँ संस्करण हो। यस वर्षको महोत्सव समग्रमा विविध सांस्कृतिक कार्यक्रम र चर्चित कलाकारहरूको बेजोड प्रस्तुति रहनेछ।
कलाकार संयोजक प्रकाश चन्दका अनुसार हास्य कलाकार राजा राजेन्द्र पोखरेल, उद्घोषिका तथा गायिका शोभा त्रिपाठी, गायक टंक तिमिल्सिना, नृत्याङ्गना सामु चौधरी र अन्जु सुनार लगायतका कलाकारले आकर्षक प्रस्तुति दिनेछन्।
महोत्सवमा स्थानीय उत्पादन, खाद्यान्न, हस्तकला, पर्यटन, कृषि तथा नयाँ व्यवसायका स्टलहरू समेत रहने आयोजनाकर्ताले बताए।
