सोमबार, भाद्र २ १७:१७
१८० औँ विश्व फोटोग्राफी दिवसको अवसरमा धनगढीमा रक्तदान
नेपाल फोटोग्राफर्स एसोसिएसन, कैलालीको आयोजनामा धनगढीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
१८० औँ विश्व फोटोग्राफी दिवसको अवसरमा सोमबार रक्तदान कार्यक्रममा ५६ जनाले रगत दान गरेका छन । सेती अंचल अस्पतालमा बेला बेलामा रगतको अभाब भई रहने हुदाँ फोटोग्राफी दिवसको अवसर पारेर नेपाल फोटोग्राफर्स एसोसियन कैलालद्वारा रक्तदान गरिएको कार्यक्रम संयोजक भुवनराज जोशीले बताए ।

संस्थापक अध्यक्ष तथा नेपाल फोटोग्राफर्स महासंघका सल्लाहकार सदस्य दिपेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम सस्थाका कैलाली अध्यक्ष कुलराज चौधरीको अध्यक्षतामा भएको हो।