Hero XPulse का ब्रान्ड एम्बेसडर तथा चर्चित गायक सुशान्त केसी धनगढीमा, बाजुरातर्फ एड्भेन्चर यात्रा
धनगढी,चर्चित नेपाली गायक सुशान्त केसी धनगढी पुगेका छन्। Hero Motocorp अन्तर्गतको लोकप्रिय एड्भेन्चर बाइक Hero XPulse का ब्रान्ड एम्बेसडरका रहेका उनी हाल सुदूरपश्चिम प्रदेशमा भ्रमणका लागि आएका हुन्।शुक्रबार धनगढी पुगेपछि उनी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयमा पुगेका थिए, जहाँ उनले मुख्यमन्त्रीसँग शिष्टाचार भेटघाट गरेका छन्। उक्त भेटघाटमा प्रदेशस्तरमा पर्यटन प्रवर्द्धन, युवामाझ साहसिक यात्रा संस्कृतिको विकास तथा सम्भावित सहकार्यका विषयमा सामान्य छलफल समेत भएको बुझिएको छ।मुख्यमन्त्रीसँगको भेटपछि सुशान्त केसी। धनगढीस्थित विशेष अटोमोबाइल्स पुगेका थिए। त्यहाँ उनले सोरुमका प्रबन्ध निर्देशक पुष्कर ओझासँग भेटघाट गर्दै हिरो बाइकसम्बन्धी गतिविधि तथा आगामी कार्यक्रमबारे छलफल गरेका हुन्। उक्त भेटघाटलाई हिरो ब्रान्डको प्रवर्द्धनसँग जोडेर हेरिएको छ।भेटघाटपश्चात् उनले Hero XPulse बाइकसहित बाजुरा जिल्लाको मातडी क्षेत्रतर्फ एड्भेन्चर यात्रामा प्रस्थान गरेका छन्। दुर्गम तथा चुनौतीपूर्ण भौगोलिक बनावटका लागि परिचित उक्त क्षेत्रमा गरिएको यो यात्रा साहसिक पर्यटनको प्रवर्द्धनका दृष्टिले समेत महत्वपूर्ण मानिएको छ। साथै, यसलाई Hero XPulse बाइकको अफ रोड क्षमता प्रदर्शन गर्ने अभियानका रूपमा पनि हेरिएको छ।उल्लेखनीय कुरा के छ भने सुशान्त केसीले केही समयअघि Hero XPulse को आधिकारिक ब्रान्ड एम्बेसडरका रूपमा सहकार्य सुरु गरेका थिए। उनको लोकप्रियता र युवा पुस्तामाझ रहेको प्रभावका कारण यस बाइकप्रति युवाहरूको आकर्षण उल्लेखनीय रूपमा बढिरहेको छ।धनगढी आगमनसँगै उनका फ्यानहरू निकै उत्साहित देखिएका छन्। सामाजिक सञ्जालमा पनि उनको उपस्थितिले चर्चा पाइरहेको छ। आगामी दिनहरूमा उनले सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा कार्यक्रम, भेटघाट तथा अन्तरक्रियामा सहभागी हुने बताएका छन्।यस भ्रमणले सुदूरपश्चिम क्षेत्रमा साहसिक पर्यटन र मोटरसाइकल संस्कृतिलाई थप उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
