विद्यार्थीको सिकाईमा सुधार ल्याउन पढाई उत्सव
बालबालिकाहरुको पढाईमा सुधार ल्याउनका लागि धनगढीको त्रिनगर माध्यमिक विद्यालयमा मंगलबार पढाई उत्सवको आयोजना गरियो ।
पढाई उत्सवको धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले एक कार्यक्रमका बिच उद्घाटन गरेका हुन । पढाई उत्सवको उद्घाटन गर्दै नगरप्रमुख वडले शिक्षाको गुणस्तरमा सुधार ल्याउनका लागि उप–महानगरपालिका लागि परेको बताए । सामुदायीक विद्यालयको गुणस्तरमा सुधार ल्याउनका लागि अधिकांस विद्यालयमा अंग्रेजी र नेपाली माध्यममा पठनपाठन सुरु गराएको नगरप्रमुख वडले बताए । त्रिनगर माध्यमिक विद्यालयले पढाई उत्सवको आयोजना गरेर राम्रो अभ्यास गरेको बताए ।
त्रिनगर माध्यमिक विद्यालय अभिभावक संघका अध्यक्ष प्रेम बिसीले विद्यालयको पढाईमा यस उत्सवले सुधार ल्याउने बताए । उनले त्रिनगरमा सबैतहमा बिगतको तुलनामा पढाईमा सुधार आएको र विद्यार्थी भर्ना गर्दा प्रवेश परीक्षा लिनुपर्ने अवस्था आएको बताए । त्रिनगर माध्यमिक विद्यालयका प्रअ भूपाल सिंह खड्काले राष्ट्रिय प्रारम्भीक कक्षा पढाई कार्यक्रम अन्र्तगत पढाई उत्सवको आयोजना गरिएको बताए । उत्सवले पढाई वातावरणलाई प्रवर्धन गर्न, बालबालिकाको सिकाइ उपलब्धि जानकारी हासिल गर्न तथा शिक्षकले विद्यार्थी केन्द्रित शिक्षण सिकाइलाई प्रवर्धन सहयोग पुग्ने बताए ।
