डा आरजु राणा देउवा द्धारा सेती प्रादेशसिक अस्पताल लाई ३ सय झुल सहयोग
सेती प्रादेशसिक अस्पतालमा पछिल्लो समय डेंगु, मलेरिया र स्कप टाइफसका विरामी पढ्न थालेपछि झुल सहयोग गरेको डा देउवाको भनाई छ । यस निर्वाचन क्षेत्रमा प्रतिनिधी सभाको चुनाव हारेपनि यस क्षेत्रका जनताको समस्याको समाधानका लागी सदैव सहयोग गर्न उनले बताइन् ।
सेती प्रादेशिक अस्पतालको स्तर उन्तीका लागी ५ करोड बजेट छुट्याउँन आफुले पहल गरेपनि यस क्षेत्रबाट निर्वाचित सांसद नारद मुनी रानाले त्यसको सहदुपयोग गर्न नसेको उनले आरोप लगाईन् ।
सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डन डा हेम राज पाण्डले प्राप्त भएको ३ सय थान झुलले डेंगु, मलेरिया र स्कप टाइफसका विरामी लाई सहयोग पुग्ने बताए । उनले अस्पतालमा आउँने अन्य गरिब तथा असाहय विरामी लाई समेत झुल वितरण हुने जानकारी दिए ।
झुल वितरण कार्यक्रमा बोल्दै धनगढी उपमहानगरपालिका मेयर नृप बहादुर वडले पछिल्लो समय प्रकोपका रुपमा रेहको डेंगु नियन्त्रणका लागी उपमहानरपालिकाले विभिन्न जनचेतनामुलक कार्यक्रम गरेको जानकारी दिए ।
