१३ कार्तिक २०७७, बिहीबार
गायक  जैरुको पश्चिमभाषाको डिजे गीत सार्वजनिक (भिडियो सहित )
मंगलवार, भाद्र १६ १९:०९

गायक जैरुको पश्चिमभाषाको डिजे गीत सार्वजनिक (भिडियो सहित )

सुदुरपश्चिका उदयमान गायक सुदिर जैरुको नयाँ पश्चिम भाषाको डिजे गीत सार्वजनिक भएको छ। आधुनिक गायक संगितकारका रुपमा चिनिएका जैरुको यो पहिलो डिजे गीत हो।
जैरुको ‘आय हजुर मेरा पश्चिममै फाग धुमौरी गौली हेहे देउडा खेलौली हे सुवा
छलिया नाचौली ’ नामक पश्चिम भाषाको डिजे गीत सार्वजनिक भएको हो।
यस गीतमा लय तथा संकलन र स्वर संगीत जैरुको छ। भिडियोमा अभिनय राजेश बाबु, बिनोद पनेरु र चाँदनी गिरिले गरकी हुन्। भिडियोलाइ निर्देशन तथा कोरोग्रफी राजेश बाबु, सम्पादन अमित बिक र छायांकन अनुप बिकले गरेका हुन्। भिडियो लाइ सुदिर जैरु अफिसल युटुबबात सार्बजनिक गरिएको छ।

उनको शब्द सिर्जना तथा स्वर रहेको ‘ हे मेरी नारु बिदेशका छन् भारु गीतले चर्चा
पाएको थियो । गायक जैरुको पछिल्लो समयमा डिजे गीतहरु युवाको रोजाईमा पर्ने गरेकाले यस्तो गीतको रचना गरेको बताए। उनले सुदूरपश्चिममा प्रचलित पश्चिम भाषामा निर्माण गरिएको डिजे गीत स्रोताले रूचाउने अपेक्षा गरेका छन्।

उनले हे रानी चारो फर्की आयो पुरानो घोलमा देउडा मा गीतमा स्वर संगीत तथा लय दिएका छन्। सानैदेखि गायन क्षेत्रमा रुचि र लगाव भएका गायकजैरुको दर्जनौँ गीत हरु रेकडिङ्ग गरेका छन् । डडेल्धुरा को अमरगडि ५ खलंगामा जन्मिएका जैरुले कतिपय गीत आर्थिक समस्याका कारण रेर्कडिङ् गर्न नसकेको बताए। उनि तुफान डाँडा बजारमा आर्टको काम गर्छन।
उनले भने, ‘स्रोता भनेकै हाम्रो उत्पेरणका स्रोत हुनु सबैबाट राम्रो प्रतिक्रिया र माया पाएको छु यसले मलाई गायन क्षेत्रमा लाग्न थप उर्जा मिलेको छ।’ कला र गलाको माध्यमबाट नेपाली गीत संगितसँगै सुदूरपश्चिमको कला संस्कृतिलाई पनि उचाई पुर्याउन आफ्नो प्रयासरत रहेको उनले बताए।

(भिडियो सहित )

Sharing is caring!

Latest News

लागु औषध चरेशसहित २ जना पक्राउ
सोमबार, कार्तिक १० ११:११
नारी चेतनामुलक सन्देश गीत ‘बोकी सधैं दुनियाँमा’ सार्बजनिक (भिडियो सहित)
मंगलवार, भाद्र १६ १९:०९
शंकर परियारको दोस्रो गिती एल्बम ‘अछामको केटो आयो’ देउडा गितको सार्वजनिक (भिडियो सहित )
मंगलवार, भाद्र १६ १९:०९
shares