कूलब्वाय एसटीएस सिनेमा धनगढी आउँदै
धनगढी, गत शुक्रवार रिलिज भएको नेपाली चलचित्र ‘होस्टेल ३’को ओपनिङ उत्साहजनक भएको छ । यसै क्रममा दर्शकहरूको प्रतिक्रिया लिन कूलब्वाय अर्थात् कलाकार पारस बम ठकुरी धनगढीको कुरा एसटीएस सिनेमामा दर्शकहरूसँग चैत्र ३ गते प्रतिक्रिया लिन धनगढी आउँदैछन्। दर्शकले ‘होस्टेल ३’ अपेक्षा गरिएको भन्दा निकै राम्रो रहेको भन्दै पूर्ण मनोरञ्जन प्राप्त गरेको प्रतिक्रिया दिएका छन् । हलहरूमा कलाकारहरू पारस बम ‘कूलब्वाय’, सिम्रन पन्त, पदम तामाङ, आशिष घिमिरे, हेना नगरकोटी, सन्तोष बानियाँ, समा पराजुली, विलियम पिएनसहित निर्देशक सशान कँडेल पनि पुगिरहेका छन् । उनीहरूले दर्शकसँग प्रतिक्रिया लिँदै फोटो र भिडियो खिचाइरहेका छन् । देशभरिका हलहरूमा भिजिट गर्ने क्रममा आफ्नो जन्मभूमि सुदूरपश्चिमको एकमात्र सिनेमा हल एसटिएसबाट सुरु गरेको उनले बताए। त्यसपश्चात उनी नेपालगञ्ज, लगायत देशका विभिन्न हलहरूमा प्रतिक्रिया लिन जानेछन्।
