१३ बैशाख २०८३, आईतवार
फिल्म ‘मैझारो’को प्रचारप्रसार शुरु, पूर्वका शहरमा सांगीतिक कार्यक्रमको आयोजना
शनिबार, आश्विन २५ १९:१३

फिल्म ‘मैझारो’को प्रचारप्रसार शुरु, पूर्वका शहरमा सांगीतिक कार्यक्रमको आयोजना

काठमाण्डौ — कातिक ७ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘मैझारो’को प्रचारप्रसार व्यापक रूपमा सुरु भएको छ। निर्माण टिमले फिल्मलाई दर्शकमाझ पुर्याउन पूर्वी नेपालका विभिन्न शहरमा सांगीतिक कार्यक्रमको आयोजना गरेको छ।

चलचित्रका निर्देशक तथा निर्माता विल्सन विक्रम राई आफ्नै सांगीतिक प्रस्तुतिमार्फत दर्शकलाई मनोरञ्जन दिँदै फिल्मको प्रचारमा सक्रिय छन्। उनीसँग ‘राई इज किङ’का गायक राजेश पायल राई, संगीतकार तथा गायक अनमोल गुरुङ, साथै फिल्मका मुख्य कलाकारहरूको बेजोड प्रस्तुति रहनेछ।

हिजो बिहिबार धरानमा आयोजित कार्यक्रममा हजारौं दर्शकको उपस्थिति रहेको थियो। आज आफ्नो गृह जिल्लामा बिर्तामोडको मुक्ती चोकमा असोज २५ गते सांगीतिक प्रस्तुति हुने बताइएको छ। यसअघि झापाको दमक, मोरङको बेलबारी, सुनसरीको इटहरी र धरानमा पनि यस्तै कार्यक्रम आयोजना गरिएको छ।

निर्देशक राईले बताए, “फिल्म ‘मैझारो’को व्यापक प्रचारमा लागेका छौँ। दर्शकलाई मनोरञ्जनका साथै फिल्म हलमा जान प्रेरित गर्न यो कार्यक्रमको आयोजना गरेका हौँ। यो नयाँ शैलीको प्रयास पनि हो।”

फिल्मको प्रचारसामाग्रीमा पोस्टर, दुई गीत र ट्रेलरले दर्शकको मन जितिसकेको छ। राईले सांगितिक कार्यक्रममार्फत अझ व्यापक पहुँच सुनिश्चित गर्न खोजेका छन्। यो उनीकै डेब्यु निर्देशन हो र उनले प्रचारप्रसारमा कुनै कमी नराख्ने प्रतिवद्धता जनाएका छन्।

फिल्म ‘मैझारो’ मा मौलिक प्रेम कथालाई प्रस्तुत गरिएको छ। कलाकारमा धिरज मगर, मिरुना मगर, दिया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन, विशाल लिम्बु लगायत रहेका छन्।

‘तक्मे प्रोडक्सन’ ब्यानरमा निर्माण भएको फिल्मका गीतमा अनमोल गुरुङ र तोरेम्पाहाङ राई को संगीत रहेको छ भने गायनमा राजेशपायल राई, झुमा लिम्बू, मेलिना राई, अस्मिता अधिकारी सहभागी छन्। फिल्म सौरभ लामाले छायांकन गरेका छन्। आरआर फिल्मस्ले वितरण गर्नेछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ।

Sharing is caring!

Latest News

रिलिजको २४ घण्टा नपुग्दै युट्युब ट्रेन्डिङको पहिलो स्थानमा ‘जेरी अन टप’ ट्रेलर
शनिबार, आश्विन २५ १९:१३
कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुष्करराज ओझा विजयी
शनिबार, आश्विन २५ १९:१३