२३ चैत्र २०८२, सोमबार
इन्डियन आइडल–३ का विजेता प्रशान्त तामाङको ४२ वर्षको उमेरमा निधन
आईतवार, पुष २७ १२:१५

इन्डियन आइडल–३ का विजेता प्रशान्त तामाङको ४२ वर्षको उमेरमा निधन


धनगढी, नेपाली मूलका गायक तथा अभिनेता प्रशान्त तामाङको असामयिक निधन भएको छ। ४२ वर्षको उमेरमा आज भारतको दिल्लीमा उनको निधन भएको संगीतकार तथा नजिकका मित्र राजेश घतानीले जानकारी दिएका छन्।
घतानीका अनुसार तामाङको निधन कार्डियाक अरेस्टका कारण भएको हो। तामाङ भारतीय टेलिभिजनको चर्चित रियालिटी शो इन्डियन आइडल को तेस्रो संस्करणका विजेता हुन्। उक्त प्रतियोगिता जितेपछि उनी संगीत क्षेत्रमा मात्र होइन, अभिनय क्षेत्रमा पनि सक्रिय रहेका थिए।
तामाङले केही नेपाली चलचित्रमा अभिनय गर्नुका साथै हालै बलिउड अभिनेता सलमान खानको एक चलचित्रमा भिलेनको भूमिकामा काम गरिरहेका थिए।
उनको निधनले नेपाली तथा भारतीय संगीत र फिल्म क्षेत्रमा ठूलो क्षति पुगेको छ। तामाङका परिवारमा श्रीमती र एक छोरी छन्।

Sharing is caring!

Latest News

धनगढीमा नृत्यको उत्सव, परिधी दाहालले जितिन् डान्स च्याम्पियनसिप–४
आईतवार, पुष २७ १२:१५
डोटी महोत्सव २०८२ मा पहिलोपटक “डोटी आइडल” प्रतियोगिता
आईतवार, पुष २७ १२:१५