१८ बैशाख २०८३, शुक्रबार
सुदूरपश्चिम स्पोर्टस अवार्डका चार विधाको मनोनयन सार्वजनिक
बिहीबार, पुष १० १४:५५

सुदूरपश्चिम स्पोर्टस अवार्डका चार विधाको मनोनयन सार्वजनिक

पुस १५ गते धनगढीमा आयोजना हुन गईरहेको प्रथम कैलाली हस्पिटल सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७६ का लागि चार विधाको मनोनयन पनि सार्वजनिक गरिएको छ ।

विभिन्न ६ वटा विधामा दिईने अवार्ड मध्ये चार विधाका लागि आज आयोजक खेलकुद पत्रकार मञ्च कैलालीले धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै मनोनयन सार्वजनिक गरेको हो । शारदा राईस मिल बर्ष पुरुष खेलाडीमा ब्याटमिन्टनका प्रिन्स दाहाल, क्रिकेटका खड्क वोहोरा र भारात्तोलनका सागर भण्डारी मनोनयनमा परेका छन ।

निसर्ग हस्पिटल बर्ष महिला खेलाडीको मनोनयनमा क्रिकेटकी कविता कुँवर, कुस्तीकी संगीता धामी र हक्कीकी विन्दु विष्ट रहेकी छिन् भने दिनेश सोप बर्ष प्रशिक्षकमा भारात्तोलनका जीवन गौतम, कुस्तीका राजेन्द्र चन्द र क्रिकेटका ज्ञानेन्द्र क्षेत्री मनोनयनमा परेका छन् ।
 

केटिएम वाईक बर्ष युवा खेलाडीमा भारात्तोलनका सागर भण्डारी, फुटबलकी चन्द्रा भण्डारी र उसुकी अलिशा खाती मनोनयनमा रहेको पत्रकार सम्मेलनमा आयोजक खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष सीताराम ओझाले सार्वजनिक गरे ।

‘माया मेट्रो हस्पिटल स्पेशल अवार्ड र ठाकुर ग्रुप लाईफ टाईम एचिभमेन्ट अवार्डको घोषणा कार्यक्रम आयोजना हुने दिन पुस १५ मा नै गरिनेछ,’ अध्यक्ष ओझाले भने, ‘चार वटा विधाका विजेतालाई नगद २५ हजार सहित ट्रफी र मेडल प्रदान गरिनेछ भने स्पेशल अवार्ड र लाईफ टाईम एचिभमेन्ट अवार्ड पाउनेलाई नगद १० हजार सहित ट्रफी र मेडल प्रदान गरिनेछ।’ अध्यक्ष ओझाले भने– ‘सुदूरपश्चिम क्षेत्रको नीजि क्षेत्रबाट मात्रै हामीलाई अवार्ड आयोजना गर्न सहयोग भएकोमा हामी गौरान्वित भएका छौं ।’

प्रथम सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७६ का संयोजक तथा आयोजक खेलकुद पत्रकार मञ्च कैलालीका महासचिव प्रदिप पाठकले अवार्डको तयारी ७० प्रतिशत सम्पन्न भईसकेको बताए । उनले मनोनयमा परेका तीन/ तीन जना खेलाडी मध्ये पछिल्लो एक बर्षको उत्कृष्ट प्रदर्शनका आधारमा विजेता खेलाडी छनोट हुने जानकारी दिए ।

पहिलो पटक सुदुरपश्चिममा हुन लागेको अवार्डको नाम प्रथम कैलाली हस्पिटल सुदुरपश्चिम स्पोर्टस रहनेछ । कैलाली अस्पतालका अध्यक्ष जनकराज जोशी र नेपाल खेलकुद पत्रकार मञ्चका सल्लाहकार दीपक उपाध्याय बीचमा मुख्य प्रायोजन सम्बन्धमा सम्झौता भएको पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको छ ।

पत्रकार सम्मेलनमा अवार्डको मुख्य प्रायोजक कैलाली हस्पिटलका अध्यक्ष जनकराज जोशीले अवार्डमा जोडिने अवसर दिएकोमा आयोजकलाई धन्यवाद ज्ञापन गरे । उनले अवार्डको सफलताको कामना गर्दै अवार्डले निरन्तरता पाउनुपर्नेमा जोड समेत दिए । जोशीले पत्रकार सम्मेलनमै अवार्डमा थप सहयोग गर्ने घोषणा समेत गरे ।

अवार्डको प्रवद्र्धक समेत रहेको कैलाली उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले सुदूरपश्चिममा नयाँ अभ्यासको थालनी भएकोमा खुसी व्यक्त गरे । निजि क्षेत्रलाई अवार्डमा जोडिन आग्रह गर्दै ओझाले पनि व्यक्तीगत सहयोगको समेत घोषणा गरे ।
 

पत्रकार सम्मेलनमै पत्रकार महासंघ सुदूरपश्चिमका अध्यक्ष अर्जुन शाहले आवार्डमा जोडिएका प्रायोजकलाई धन्यवाद ज्ञापन गर्दै सफलताको कामना गरे । मुख्य प्रायोजक कैलाली हस्पिटल र सह–प्रायोजक शौभाग्यश्वर फार्मेसी रहेको अवार्डमा बर्ष पुरुष खेलाडीलाई शारदा राईस मिल, बर्ष महिला खेलाडीलाई निसर्ग हस्पिटल, बर्ष प्रशिक्षकलाई दिनेश सोप, बर्ष युवा खेलाडीलाई केटिएम वाईक, स्पेशल अवार्डलाई माया मेट्रो हस्पिटल र लाईफटाईम एचिभमेन्ट अवार्डलाई ठाकुर ग्रुपले प्रायोजन गरेका छन् ।

मुख्य प्रवद्र्धकमा सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय र कैलाली जिल्ला खेलकुद विकास समिती रहेको छ भने प्रवद्र्धकको रुपमा घोडाघोडी नगरपालिका सहित सुदूरपश्चिमका विभिन्न स्थानीय तह र कैलाली उद्योग वाणिज्य संघ रहेको छ ।

त्यसैगरी मेडिकल पाटर्नरको रुपमा घोडाघोडी अस्पताल, हस्पिटालिटी पाटर्नरको रुपमा ड्रिम ग्रुप अफ म्यानेजमेन्ट, मेकअप पाटर्नरको रुपमा मेरो श्रृंगार रहेका छन । धनगढीको ओम प्यालेसमा आयोजना हुने अवार्ड कार्यक्रम झण्डै तीन घण्टा सञ्चालन हुनेछ । त्यसमा विभिन्न सांस्कृतिक तथा पर्यटन प्रवद्र्धनका कार्यक्रमहरु पनि समावेश गरिनेछ ।

Sharing is caring!

Latest News

गायक रामकृष्ण ढकालको डिभोर्स
बिहीबार, पुष १० १४:५५
निर्मला पन्तको विषयमा निर्मित चलचित्र ‘कोपिला’को ट्रेलर सार्वजनिक
बिहीबार, पुष १० १४:५५