हात्तिपाईलेको औषधी खुवाउने अभियान प्रभावकारी बनाउन निर्देशन
धनगढी,
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले हात्तिपाईले रोग बिरुद्धको औषधी खुवाउने अभियानलाई प्रभावकारी रुपमा संचालन गर्न निर्देशन दिएका छन् ।
बुधवार हात्ति पाईले राग निवारण कार्यक्रम २०७६ नगरस्तरीय योजना तर्जुमा कार्यक्रमको उद्घाटन गर्दै यस्तो निर्देशन दिएका हुन । धनगढीमा हात्तिपाईले रोग बिरुद्धको अभियानमा धेरै ब्यक्तिहरु औषधी खानबाट छुटेको भन्ने तथ्याङ्क छ नगरप्रमुख वडले भने यस पटक यसको पुनराबृती नहोस ।
जानेबुझेका ब्यक्तिहरुले नै हात्तिपाईलेको औषधी खान छुटाउनु दुर्भाग्य हो नगरप्रमुख वडले भने, कतिपय स्वास्थ्यकर्मीहरुले पनि औषधी खादैनन् भन्ने कुरा बाहिर आउँछ । माघ २५ गतेबाट अभियान सुरु हुने भएकाले सबैलाई औषधी खुवाउन म त्यसमा खटिने साथीहरुलाई आग्रह गर्दछु नगरप्रमुख वडले भने, यसमा ईमान्दार साथ खटिन कर्मचारीहरु संग आग्रह गर्दछु ।
धनगढी उप–महानगरपालिका स्वास्थ्य महाशाखाका अधिकृत लक्ष्मी उपाध्यायले हात्तिपाईले बिरुद्धको औषधी लगातार ६ बर्ष सम्म नछुटाएर खानुपर्ने बताए । उनले भने, त्यस कारण पनि यो अभियान महत्वपूर्ण छ ।
ठेकराज माविमा विज्ञान प्रयोगशालाको उद्घाटन
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले बुधवार वडा नं ११ मा रहेको ठेकराज माविमा विद्यालय प्रयोगशालाको उद्घाटन गरेका छन् ।
१० लाखको लागतमा निर्माण गरिएको विज्ञान प्रयोग शाखाको नगरप्रमुख वडले उद्घाटन गरेका हुन । उनले धनगढी उप–महानगरपालिकाका विद्यालयहरुलाई प्रविधी मैत्री बनाउदै लगिएको बताए । त्यसैगरी बुधवार नै सोही विद्यालयमा एक अत्याधुनिक सौचालय निर्माणको काम समेत सुरु भएको छ ।
