अत्तरियामा मृत फेला परेकी उर्मिलाको न्यायको माग गर्दै धनगढीमा प्रर्दशन
कैलालीको अत्तरियामा मृत फेला परेकी युवतीको न्यायको माग गर्दै मंगलबार धनगढीमा प्रर्दशन गरीएको छ । मृतक उर्मिलाको न्यायको माग गर्दै आफन्त तथा स्थानियले महिला हिंसा अन्त्य गर, हत्यारालाई कारबाही गर, सर्मिलालाई न्याय दे र छोरी बुहारीलाई मार्न पाइदैन लगाएतका नारासहित पदर्शन गरेका गरेका छन् ।

मृत भेटिएकी उर्मिला विष्ट कार्कीको घटनाबारे गहन रूपले अनुसन्धान गर्न अन्तर पार्टी महिला सञ्जालले माग गरेको छ ।
मङ्गलवार एक विज्ञप्ति जारी गर्दै घटना रहस्यमय र शङ्कास्पद रहेको भन्दै छानबिनको माग गरिएको जनाइएको छ ।

अन्तर पार्टी महिला सञ्जाल कैलालीका अध्यक्ष बसन्ती सोव र सचिव सरस्वती बस्नेतद्वारा जारी गरिएको बिज्ञप्तिमा घटनाको छानबिन गर्दै दोषी माथि कारबाहीको माग गरिएको छ ।
बिज्ञप्तिमा उर्मिला विष्ट कार्कीले न्याय नपाए कडा आन्दोलन गर्ने समेत उल्लेख गरिएको छ ।
गत १८ गते गोदावरी नगरपालिका वडा नम्बर २ घर भएकी २३ वर्षीय उर्मिला विष्ट कार्की मृत फेला परेकी थिइन्।
