२० बैशाख २०८३, आईतवार
सुरक्षित आप्रवाशन परियोजनाका कर्मचारीलाई तालिम
सोमबार, फाल्गुन ५ २१:१०

सुरक्षित आप्रवाशन परियोजनाका कर्मचारीलाई तालिम


धनगढी,
सुरक्षित आप्रवाशन ( सामी) सुरक्षित बैदेशीक रोजगार सम्वन्धी परियोजनाका कर्मचारीहरुलाई शोमबार देखि दुई दिने क्षमता विकास तालिम धनगढीमा सुरु भएको छ ।
तालिमको धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले उद्घाटन गरेका हुन । बैदेशीक राजगारीलाई ब्यबस्थीत र सुरक्षित बनाउनका लागि धनगढी उप–महानगरपालिका , टिकापुर नगरपालिका, घोडाघोडी नगरपालिका र जानकी गाउँपालिकामा सुरक्षित आप्रवाशन ( सामी) सुरक्षित बैदेशीक रोजगार सम्वन्धी परियोजना संचालन हुदै छ । परियोजना चारवटै स्थानीयतहको समन्वय तथा हेल्भेटास सामी र ट्रेस प्रा.लीको साझेदारीमा सुरु भैरहेको धनगढी उप–महानगरपालिकाका प्मुख नृपबहादुर वडले बताए ।
सके सम्म बिदेश नजानुहोस जानु पर्ने भएपनि सबै कुरा बुझेर जानुहोस भन्ने सन्देश परियोजनाले दिने छ नगरप्रमुख वडले भने, त्यसैले यस कार्यक्रमलाई प्रभावकारी बनाउन अभिमूखीकरणमा सहभागि कर्मचारीहरु संग अनुरोध गर्दछु । धनगढी उप–महानगरपालिकाले बिदेशबाट फर्किएका यूवायूवतीहरुलाई उद्यमशिलतामा लाग्न सहयोग तथा परामर्श दिईरहेको छ ।
सुरक्षित आप्रवाशन ( सामी) सुरक्षित बैदेशीक रोजगार सम्वन्धी परियोजनाका प्रदेश संयोजक पन्चराम चौधरीले तीन बर्षका लागि कार्यक्रम संचालन हुने बताए । उनले भने, तपाईहरु समुदायमा पुगेर ईमान्दारीताका साथ काम गर्नुहुने छ भन्ने आशा राखेका छौं ।
ट्रेस प्रा.लि.का अध्यक्ष छत्र बमले ट्रेस नेपाल हेल्भेटासको पुरानो साझेदार भएको बताए । हामी प्रभावकारी रुपमा कार्यक्रम संचालन गर्न सक्छौं अध्यक्ष बमले भने, राम्रो गर्नका लागि तपाई कर्मचारी साथीहरुले साथ दिनुपर्छ । अध्यक्ष बमले ट्रेसले कुनैपनि कार्यक्रम गर्दा दोश्रो हुन नजानेको बताए । उनले भने, राम्रो गर्न नसके आफै सम्झौता गर्दैनौं । तालिममा दुईदर्जन कर्मचारीहरु सहभागि छन् ।

Sharing is caring!

Latest News

धनगढीका अपाङ्गलाई घरमै पुगेर परिचय वितरण गरियो
सोमबार, फाल्गुन ५ २१:१०
फोटो पत्रकार महासंघ कर्णाली प्रदेशको अध्यक्षमा खड्का
सोमबार, फाल्गुन ५ २१:१०