१९ बैशाख २०८३, शनिबार
हरिहरपुरमा राहत बितरण कार्यक्रम बिथोल्न खोज्नेले तोडफोड गरे , राहत १ सय ६६ जनालाई  बितरण भयो
शनिबार, बैशाख १३ २३:०४

हरिहरपुरमा राहत बितरण कार्यक्रम बिथोल्न खोज्नेले तोडफोड गरे , राहत १ सय ६६ जनालाई बितरण भयो


राजन कुमार बानिया
पोखरिया,१३ बैशाख
बिश्वब्यापी महामारी को रुपमा फैलिरहेको कोरोना भाईरस बाट बचाउन नेपाल सरकार ले गरेको लकडाउन को सम्य मा दैनिक मजदुरी र जलादारी गरि कमाउने गुजारा चलाउने हरु लाई सरकार ले तोके को मापदण्ड अनुसार पर्सा को धोबिनी गाउँपालिका ले आज राहत खद्यान समाग्री बितरण गरेको ठाउँ मा राहत बितरण कार्यक्रम लाई बिथोलिएको कारण राहत बितरण रोकियो जम्मा १ सय ६६ जना ले राहत पाएको छ।
राहत खद्यान समाग्री धोबिनी गाउँपालिकाको वार्ड नं ३ हरिहरपुर वडाकार्यालयमा १ सय ६६ जना लाई बितरण गरेका छन। साबिक वडा नं १.देखि ४ सम्म को दलित,गरिब, बिपन्न घर परिवार को राहत बितरण भईसकेको थियोे । साथै वडा नं ५ देखि ९ सम्म को दलित ,गरिब, बिपन्न, घरपरिवार का जनता हरु ले राहत लिन लाईन बनाएर लागेको थियोे त्यही बेला केही युवा हरु ले राजनितीक चलखेल गरि खानेतेल स्टोर बाट बाहिर फालेको अारोप लगाई राहत बितरण बिथोलन वडा कार्यालय को प्रयागन मा प्रबेश गरि कुर्सी तोडफोड समेत गरेको थियोे ।घटना स्थलमा ईलाका प्रहरी कार्यालय पोखरिया,लंगडी, सशस्त्र प्रहरी कार्यालय भिखमपुर बाट अाएका टोली ले बिबाद लाई साम्य बनाएको थियोे । त्सपछी राहत बितरण कार्यक्रम रोकिएको वडाअधयक्ष राजकिसोर पटेल ले बताए ।वडाअधयक्ष पटेल ले भने मेरो बिरोधी पार्टी ले संयण्त्र गरि राहत बितरण कार्यक्रम लाई बिथोलन खोजेको अारोप लगाएका छन। राजनितीक गरि हुहला गर्ने केही युवा हरुले वार्ड कार्यालय मा रहेको फर्निचर हर टोडफोड समेत गरेको थियो ।हरिहरपुरमा राहत खद्यान बितरणमा गाउँपालिका अध्यक्ष सुरेश प्र.कुर्मीको नेतृत्व मा राहत समाग्री खद्यान बितरण भईरहेको थियोे ।
अध्यक्ष कुर्मीले भने नेपाल सरकार ले लकडाउन गरेपछी
धोबिनी गाउँपालिका को जनता हरु लाई भोकभुकै बस्न नपरोस घरमा चुलो जलने बवस्था मिलाएको ले राहत बितरण भई रहेको बेला केही राजनितिक कर्मी हरु ले अाफ्ना परिचालन गरिएको केही युवा ले राहत बिथोलेको बताए । राहत बिथोले बनी केही फरक पर्नेवाला छैन बाकी रहेको सबै घरमा राहत खद्यान समाग्री बितरण हुन्छ।राहत बितरण कार्यक्रम मा गाउँपालिका उपाध्यक्ष पारसनाथ पटेल,वडा नं ३ वडाअधयक्ष राजकिशोर पटेल
धोबिनी गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत भरत चौधरी, सर्वदलीय प्रतिनिधि हरु, गाउँपालिका तरफ बाट एक बोरा चावल, खाने तेल, नुन र दुई सय नगद लगायत समाग्री बितरण गरिएको थियोे ।

खद्यान बितरण को बेला राहत लिने हरु लाई एक मिटर को दुरी बनाएर खद्यान बितरण गरिरहेको थियो ।बितरणमा मंसुर खां, स्वास्थ्य संयोजक संजय यादव, ईलाका प्रहरी कार्यालय लंगडी का प्रमुख बसन्त थापा, सशस्त्र प्रहरी र पत्रकार हरु ,लगायत को सहभागीता रहेको थियोे ।

Sharing is caring!

Latest News

नेपालमा लकडाउन थप एक सातालम्बिने
शनिबार, बैशाख १३ २३:०४
आजको राशिफल
शनिबार, बैशाख १३ २३:०४