१९ बैशाख २०८३, शनिबार
बिहीबार, श्रावण २ १७:१३

देवः विकास बैंकको १३ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना

काठमाडौं, २ साउन । देवः विकास बैंक लिमिटेडले १३ औं वर्ष पुरा गरेको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । नेपाल रेडक्रस सोसाइटी र ब्लड डोनर्स एशोसियशन नेपालको सहकार्यमा बैंकले हिजो केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा ७० जना भन्दा बढी रक्तदाताहरुको सहभागिता रहेको बैंकले जनाएको छ ।

यस्तै बैंकले वार्षिकोत्सवकै अवसमा घोडाघोडी गुरुकुलमा संस्कृत अध्ययनरत विद्यार्थीहरुलाई खाद्यान्न वितरण गरेको छ । पहलमानपुर शाखाको सक्रियतामा कैलालीको घोडाघोडी ताल तथा मन्दिर परिसरमा एक कार्यक्रम आयोजना गरी उक्त खाद्य सामग्री वितरण गरिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Sharing is caring!

Latest News

धनगढी उप–महानगरद्धारा किसानलाई पावर टिलर हस्तान्तरण
बिहीबार, श्रावण २ १७:१३
गायिका मञ्जु पौडेल र गायक सन्तु थापाको ‘तीज ब्याटल’ सार्वजनिक
बिहीबार, श्रावण २ १७:१३