५ बैशाख २०८३, शनिबार
धनगढीको पार्क मोडमा होली उत्सव हुँदै
मंगलवार, फाल्गुन २७ २१:३९

धनगढीको पार्क मोडमा होली उत्सव हुँदै

धनगढीमा होली उत्सव हुने भएको छ । तराई होलीको दिन चैत १ गते धनगढी रगंशालामा होली उत्सव हुन लागेको हो । क् क्रोमेटिक नेपाल इन्टरटेन्मेन्ट, प्रहार इभेन्ट एण्ड म्यानेज्मेन्ट नेपाल र फारवेस्ट मिडियाको संयुक्तआयोजनामा होली उत्सव हुन लागेको हो । ब्यवस्थित रुपमा होली पर्व मनाउने उद्देश्य सहित १ गते धनगढी रगंशालामा होली उत्सव आयोजना गरिएको प्रहार इभेन्ट एण्ड म्यानेज्मेन्टका अध्यक्ष प्रकाश कुमार चन्दले बताए ।
उत्सवमा ज्योती मगर, डिजे कल्पित लगायत स्थानिय कलाकारको बेजोड प्रस्तुती रहने चन्दले बताए । होली उत्सव दिउँसो १२ बजेदेखी ५ बजेसम्म चल्ने उनले बताए । उत्सवमा प्रवेश शुल्क २ सय रुपयाँ राखिएको छ । होली उत्सव क्षेत्रमा धुम्रपान तथा मध्यपान बिक्रि वितरण निषेध गरिएको छ  ।

Sharing is caring!

Latest News

चलचित्र ‘द्रौपदी’ चैत्र ८ गते देशभर प्रदर्शन हुने
मंगलवार, फाल्गुन २७ २१:३९
सौराई नारी सम्मान कार्यक्रममा कलाकार सुशिला कार्की सम्मानित
मंगलवार, फाल्गुन २७ २१:३९