५ असार २०८३, शुक्रबार
सुदूरपश्चिम महोत्सव शनिबार विशेष: दुर्गेश थापासहित चर्चित कलाकारहरूको जम्बो प्रस्तुति
शुक्रबार, पुष ४ २१:२४

सुदूरपश्चिम महोत्सव शनिबार विशेष: दुर्गेश थापासहित चर्चित कलाकारहरूको जम्बो प्रस्तुति

धनगढी । जारी सुदूरपश्चिम महोत्सवमा चर्चित गायक तथा पर्फर्मर दुर्गेश थापा प्रतिकूल मौसमका कारण शुक्रबार उपस्थित हुन सकेनन्। काठमाडौँदेखि धनगढीसम्मको हवाई उडान अवतरण हुन नसक्दा आफू महोत्सवमा आउन नसकेको जानकारी थापाले दिएका छन्।

शुक्रबार प्रस्तुति दिने कार्यक्रम तय भए पनि मौसमजन्य अवरोधका कारण उनी धनगढी पुग्न नसकेको आयोजकले जनाएको छ। आयोजकका अनुसार शनिबार महोत्सवमा विशेष सांगीतिक कार्यक्रम आयोजना गरिएको छ।

शनिबारको विशेष प्रस्तुतिमा राजनराज शिवाकोटी, श्रीकृष्ण बम मल्ल, भुवन प्रकाश बडु, सौगात ओझा, रमेश मल्ल लगायत चर्चित कलाकारहरूको जम्बो टोलीले दर्शकलाई मनोरञ्जन दिनेछ। आयोजकले दर्शकलाई शनिबारको कार्यक्रममा सहभागी भई मनोरञ्जन लिन आग्रह गरेका छन्।

Sharing is caring!

Latest News

सुदूरपश्चिम महोत्सवमा पर्फर्मर दुर्गेश थापाको भव्य इन्ट्री, ४ गते ‘वाइल्डफायर’ प्रस्तुति
शुक्रबार, पुष ४ २१:२४
धनगढी उप–महानगरपालिकाका सेवा निवृत्त कर्मचारी काशिराम अर्यालको निधन
शुक्रबार, पुष ४ २१:२४