१८ बैशाख २०८३, शुक्रबार
सोमबार, आश्विन ६ १७:०८

अटोरिक्सा तथा बिधुतीय रिक्सा चालकहरुलाई ट्राफिक प्रहरीले दुर्घटना न्यूनिकरण सम्बन्धि प्रशिक्षण

सुदीप थापा
(धनगढी)

धनगढीमा सञ्चालन गर्दै आएका अटोरिक्सा तथा बिधुतीय रिक्सा चालकहरुलाई ट्राफिक प्रहरीले दुर्घटना न्यूनिकरण सम्बन्धि प्रशिक्षण दिएको छ ।
सोमबार बिहान अटोरिक्सा, बिधुतीय रिक्सा चालक तथा सवारी धनीलाई दुर्घटना न्यूनिकरण सम्बन्धि प्रशिक्षण दिइएको अस्थायी ट्राफिक प्रहरी पोष्ट त्रिनगरले जनाएको छ ।
धनगढीमा दिनदिनै बढ्दै गएको अटोरिक्सा, बिधुतीय रिक्साको चाप र चालकको लापरवाहीले दुर्घटना बढ्दै गएपछि न्युनिकरणका लागि सुरु गरिएका विभिन्न कार्यक्रम अन्तर्गत प्रारम्भमा उक्त प्रशिक्षण दिइएको प्रहरी नायव निरीक्षक सोभानसिंह कार्कीले बताए ।
भारतबाट दशै तिहार मनाउन फर्किनेहरुबाट मनोमानि ढंगले भाडा लिएको भन्ने गुनासो बढ्दै गएको भन्दै अटोरिक्सा तथा बिधुतीय रिक्सा चालकहरुलाई तोकिएको भाडा दर लिनसमेत कार्कीले सचेत गराए । कसैले पनि मनोमानी हिसावले भाडा लिएको भेटाए चालकलाई कारवाहीको दायरामा ल्याउने बताए । चालक तथा सवारी धनीहरुलाई सडक दुर्घटना न्यून गर्न अपनाउनु पर्ने सावधानी र नियमबारे बताइएको थियो ।
कन्चनपुरको डोकेबजारमा आयोजना गरेको कार्यक्रममा करिब एक सय भन्दा बढी चालक तथा सवारी धनीहरुको सहभागिता रहेको थियो ।

Sharing is caring!

Latest News

आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा दुई महिनादेखि नौवटा गाडी थन्किए
सोमबार, आश्विन ६ १७:०८
दशैंका लागि १३ अर्ब रुपैयाँ बराबरको नयाँ नोट आउँदै
सोमबार, आश्विन ६ १७:०८