कृष्णपुर नगरपालिकाले कृषकहरुलाई कृषि सामाग्री बितरण गर्यो
०९ जेठ, कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका कृषकहरुलाई कृषि सामाग्री बितरण गरीएको छ । कृष्णपुर नगरपालीका वडा नम्बर ६ छोट्की बन्जरीया कृषक समुहका कृषकहरुलाई आइतबार कृषि सामाग्री बितरण गरीएको हो ।
कृष्णपुर नगरपालीकाको ५० प्रतीशत र छोट्की बन्जरीया कृषक समुहको ५० प्रतीशत बजेट गरी जम्मा १० लाख बराबारको ३ वटा हाते ट्रयाकटर (चम्फा), ७ वटा पानी तान्ने मटर र ३ वटा बिषाधी छर्ने स्प्रे बितरण गरीएको छोट्की बन्जरीया कृषक समुहका सचिव जित बहादुर जानकारी दिए ।
कृषि सामाग्री हस्तान्तरण गर्दै कृष्णपुर नगरपालीकाका नगर प्रमुख कर्ण बहादुर हमालले नगरपालीका भित्र रहेका कृषकहरुको हकहितका लागी विभिन्न कार्यक्रमहरु ल्याएको बताउदै बितरण गरीएको कृषि औजारले कृषकहरुलाई सहज हुने बिश्वास लिएका छन । सामाग्री बितरण कार्यक्रममा कृष्णपुर नगरपालीकाका नगर प्रमुख कर्ण बहादुर हमाल, वडा नम्बर ६ का वडा अध्यक्ष नथ्थुराम चौधरी र स्थानीय कृषकहरुको सहभागीता रहेको थियो ।
